ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

होमल्याण्ड खबर

२०७६ श्रावण १५ गते, बुधबार ११:१४ मा प्रकाशित

आज सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा आज (बुधबार) सुन २ सय र चाँदी ५ रुपयाँले बढेको हो ।

बजारमा आज छापावाला सुन प्रतितोला ६५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ६५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, चाँदी प्रतितोला ७ सय ८० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।