९ मंसिर २०८१, आईतवार
एशियन डेभलपमेन्ट बैंक (एडीबी) को ट्रेड फाइनान्स प्रोग्राम (टिएफपि) तथा नेपालको लक्ष्मी बैंकबीच कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता भएको छ । एडीबीको ट्रेड फाइनान्स प्रोग्राम नेपालमा सन् २००९ देखि सञ्चालित छ । यसले नेपालका दुई स्थानीय बैंकहरुसँग सहकार्य गर्दै आएको छ । यस कार्यक्रमले हालसम्म २ सयभन्दा बढी वित्तीय कारोबार गरिसकेको छ ।
यसबाट ८२ मिलियन अमेरिकी डलरबराबरको सहयोग प्राप्त भएको छ । जहाँ कृषि कमोडिटी, निर्माण सामग्री तथा मेसिनरी, सोलार प्यानल तथा टेक्सटायल जस्ता विभिन्न ८० क्षेत्रका साना तथा माझौला व्यवसायहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।