९ मंसिर २०८१, आईतवार
एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत देशको विपन्न वर्गका नागरिकहरुलाई शिक्षा प्रदान गर्न विभिन्न कल्याणकारी गतिविधिहरु आयोजना गर्दै आइरहेको छ । यस प्रयासमा बैंकले हालै शिक्षा क्षेत्रतर्फको संस्थागत सामाजिक उत्तरदायीत्व पहल अन्तर्गत टिच फर नेपाललाई सहयोग निरन्तरता दिदैं चेक हस्तान्तरण गरेको छ । टिच फर नेपाल विश्वविद्यालयका उत्कृष्ट स्नातक र अनुभवी युवाहरुको मुभमेन्ट हो जो शिक्षामा भएको असमानतालाई अन्त्य गर्न प्रतिबद्ध रहेका छन् ।
उनीहरुले विगत २
वर्षदेखि नेपालका सार्वजनिक विद्यालयहरुमा
अध्यापन गराइरहेका छन् ।
एभरेष्ट बैंकले नेपालका सरकारी
तथा सार्वजनिक विद्यालयहरुमा
शिक्षा, सरसफाई तथा खानेपानीमा
सहयोग पुर्याइरहेको छ
।
ईबीएलले सदैव सामाजिक
जिम्मेवारीमा सक्रिय रहेको छ
र संस्थागत सामाजिक
उत्तरदायित्व अन्तर्गत ग्राहकहरुलाई लाभ
हुने विभिन्न कार्यक्रमहरु
आयोजन गर्दै आइरहेको
छ । एभरेष्ट
बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या
१० लाख भन्दा
बढि रहेको छ
जुन बैंकिङ्ग क्षेत्रमा
नै सबैभन्दा उच्च
हो ।