२ मंसिर २०८१, आईतवार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले सरकारसँग तत्काल बाढी पहिरो पीडितलाई राहतको व्यवस्था गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै कांग्रेस कोषाध्यक्ष यादवले सरकारले बाढी पहिरो पीडितको व्यवस्थापनका लागि चासो नदेखाएको भन्दै आपत्ति जनाइन् ।
“वर्षाका कारण बाढी पहिरोबाट सयभन्दा बढीको मृत्यु भयो । तर, सरकारले अहिलेसम्म उचित व्यवस्थापन गर्न सकेको छैन,” उनले भनिन्, “उनीहरुका लागि अबिलम्ब राहतको व्यवस्था गर्न म सरकारसँग जोडदार माग गर्न चाहन्छु ।”
कोषाध्यक्ष यादवले सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगका पदाधिकारीको नियुक्ति प्रक्रियाका बारेमा पनि कुरा राख्दै गर्दा निर्धारित शून्य समयको समय सकिएपछि पूरा गर्न भने पाइनन् ।