१० मंसिर २०८१, सोमबार
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लिमिटेडको १७औं वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आव २०७४–०७५ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गर्दै कम्पनीको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ७० प्रतिशत लाभांश पारित गरेको छ । आव २०७४–०७५ मा कम्पनीले १,३३,३०९ नया“ बीमालेख बिक्री गरी प्रथम बीमाशुल्क आम्दानी बापत २ अर्ब ८८ करोड ८९ लाख संकलन गर्न सफल भएको थियो ।