थप विमान किन्ने पर्यटनमन्त्री अधिकारीको घोषणा

होमल्याण्ड खबर

२०७४ चैत्र १६ गते, शुक्रबार ०६:४८ मा प्रकाशित

पर्यटनमन्त्री रविन्द्र अधिकारीले ६ वटा ट्वीनअटर विमान किन्ने योजना अघि बढाएका छन् ।
आफ्नो १०० दिने कार्ययोजना शुक्रबार सार्वजनिक गर्दै मन्त्री अधिकारीले तीन महिनाभित्र विमान खरिद प्रक्रिया सुरु गर्न सैद्धान्तिक निर्णय गराउने जनाए । आन्तरिक उडानलाई थप विस्तार गर्न नेपाल वायुसेवा निगमले विमान किन्नु पन मन्त्री अधिकारीले बताए । हाल निगमसँग रहेको ८ मध्ये ६ वटा विमान आन्तरिक उडानका लागि उपयुक्त रहेको भन्दै उनले अधिकतम क्षमताका साथ उडान गर्ने बताए ।
त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलको एटीसीमा देखिएका समस्या न्यूनिकरण गर्ने र कम्तिमा दैनिक २१ घण्टा सन्चालनमा ल्याउने योजनालाई मन्त्री अधिकारीले पहिलो प्राथमिकतामा राखेका छन् ।