ज्योति विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता

होमल्याण्ड खबर

२०७६ श्रावण ३१ गते, शुक्रबार १४:१७ मा प्रकाशित

ज्योती विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्नेक्रममा रेमिट टू नेपालसँग रेमिट सेवाको लागि सम्झौता गरेको छ।

बिहीबार श्रावण ३० गते ज्योति विकास बैंक र रेमिट टू नेपालबीच उक्त सम्झौता भएको हो ।

सम्झौतापत्रमा ज्योति विकास बैंककातर्फबा टबैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा तथा रेमिट टू नेपालकोतर्फबाट रेमिट टू नेपालका महाप्रबन्धक सन्तोष भेटवालले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात रेमिट टू नेपालको रेमिट सेवा ज्योति विकास बैंकको जुनै पनि शाखा कार्यालयबाट लिन सकिनेछ ।