माछापुच्छे बैंकको अत्याधुनिक एमथ्री प्लस

होमल्याण्ड खबर

२०७४ चैत्र १६ गते, शुक्रबार ०९:०७ मा प्रकाशित

माछापुच्छे बैंकले अत्याधुनिक सुबिधा सहितको एमबीएल मोबाइल मनी (एमथ्री प्लस) बजारमा ल्याएको छ । बैंकले सरल माध्यमबाट बंैकिङ सुविधा प्रदान गर्ने उदेश्यले ‘हातमा नै बैंक’ भन्ने नाराका साथ नयाँ मोबाइल बैंकिङ्ग एमथ्री प्लस सुरु गरेको जानकारी दिएको छ ।
यो इन्टरनेटरजीपीआरएसमा आधारित सेवा हो । ग्राहकद्वारा आफै मोबाईलबाट मुद्दती खाता खोल्न सकिने, तालिकाबद्ध भुक्तानी निर्देशन दिन सकिने, अन्तर बैंक रकमान्तर गर्न सकिने, मोबाइल रिचार्जरटपअप, विल भुक्तानी, ई–वालेट टपअप, क्रेडिट कार्डको भुक्तानी गर्न सकिने लगायतका रहेको बैंकले जनाएको छ । साथै यसको प्रयोगबाट ग्राहकहरुले बैंकका शाखा तथा एटीएमहरु पत्ता लगाउन सक्ने छन् । विनियम दर तथा धितोपत्र सम्बन्धि जानकारी प्रप्त गर्न सकिने । सि–आस्वा भर्ने सुविधा तथा यो बैंकिङ्ग कारोवारको सरल, सुरक्षित तथा भरपर्दाे माध्यम भएको समेत जनाएको छ ।