७० वर्ष माथिका नागरिकले आन्तरिक उडानमा ५० प्रतिशत छुट पाउने

होमल्याण्ड खबर

२०७६ भाद्र १० गते, मंगलवार ११:४५ मा प्रकाशित

७० वर्षमाथिका वृद्ध-वृद्धाले आन्तरिक हवाइ उडानमा ५० प्रतिशतसम्मको छुट पाउने भएका छन् । सरकारले ७० वर्ष उमेर कटेका नागरिकलाई आन्तरिक हवाइ उडानमा ५० प्रतिशत छुट दिने घाेषणा गरेको हाे ।

पर्यटन मन्त्री योगेश भट्टराईले आफ्नो एकवर्षे कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । सरोकारवालासँग छलफल गरेर छिट्टै टुंगोमा पुग्ने पनि उनले बताए ।

यसैगरी विमानस्थलको सुरक्षामा ध्यान दिँदै भीआईपीका स्वागत र बिदाइमा लाग्ने भीड रोक्ने प्रतिवद्धता पनि उनले जनाए ।