१४ मंसिर २०८१, शुक्रबार
टाटाको बहुप्रतिक्षित प्रिमियम एसयूभी टाटा एच फाइभ नेपाली बजारमा सार्वजनिक भएको छ । टाटा एच फाइभ नाडा अटो शो २०१९ मा पहिलो पटक नेपाली बजारमा सार्वजनिक भइ प्रदर्शनीमा राखिएको हो ।
टाटाको नेपालका लागि आधिकारित सिप्रदी ट्रडिङले भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एच फाइभको नेपाली बजारमा शुरुवाती मूल्य ५६ लाख ५५ हजार रुपैयाँ तोकेको छ ।
नेपाली बजारमा टाटा एचफाइभको बुकिङ केही दिनअघि खुला गरिएको हो । बुकिङ खुल्ला भएयता टाटा एच फाइभबारे बुझ्नका लागि सम्भावित खरिदकर्ताबाट इन्क्वायरि आइरहेको कम्पनीले जनाएको छ । टाटा एच फाइभको डेलिभरी सेप्टेम्बरबाट सुरू हुने बताइएको छ ।
क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित छ । एच फाइभमा रहेको इन्जिनले १३८ बिएचपावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एचफाइभ ल्यान्डरोवरको डीएट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो ।
नेपाली बजारमा टाटा एचफाइभ सार्वजनिक गरिएको जानकारी दिँदै सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा एच फाइभ सर्वोत्कृष्ट उत्पादन भएको र नेपाली बजारमा लोकप्रिय हुनेमा विश्वास व्यक्त गरे ।