९ मंसिर २०८१, आईतवार
आजदेखि दोस्रो राष्ट्रिय अर्गानिक कृषि मेला सुरु भएको छ । चैत्र १९ गतेसम्म हुने मेलामा ७७ जिल्लामा उत्पादन भएका अर्गानिक कृषि सामाग्रीहरु प्रदर्शनमा राखिएका छन् ।
१५ लाख बजेटमा सञ्चालन भएको यो कार्यक्रम ललितपुरको पाटन दरवार स्क्वायर संग्राहलयमा भएको छ । मेलामा निःशुल्क प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ । कंचनजंघा टी स्टेट एण्ड रिसर्च सेन्टरले आयोजना गरेको सो मेलामा ५० वटा स्टलहरु रहका छन् । मेलामा अर्गानिक चिया, कफी, मह, तरकारी र फलफूलहरु प्रदर्शनी तथा विक्रीका लागि राखिएको मेला आयोजक समितिले जनाएको छ ।
मेलामा १० वटा अर्गानिक प्रमाणपत्र भएका सामाग्री राखिएको छ । हरेक अर्गानिक खेती गर्ने कम्पनीलाई हामीले प्रमाणपत्र दिएका हुन्छौँ उनीहरुले विक्री गर्ने खाने कुरामा प्रमाण नम्बरसहित राखिने छ समितिले बताएको छ ।