९ मंसिर २०८१, आईतवार
सरकारले मुलुकको आर्थिक अवस्थालाई समेटेर आज श्वेतपत्र ल्याएको छ । अर्थ मन्त्रालयले पूर्ण विवरण सार्वजनिक गर्नुअघि अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रको संक्षेप संसद मार्फत सार्वजनिक गरेका छन् । अर्थमन्त्री खतिवडाले बजेट अनुशासन पालना नहुँदा देशको ढुकुटी लगभग रित्तो हुने अवस्थामा पुगेको बताएका छन् । उनले उत्पादनमूकलभन्दा वितरणमुखी बजेटका कारण अपेक्षित उपलब्धी हात पार्न नसकिएको बताए ।
देशको समग्र आर्थिक अवस्थाको जानकारी गराउँदै अर्थमन्त्री खतिवडाले स्थापित मान्यता विपरीत कर छुट दिने गरेको पाइएको बताए । उनले अहिले देशको समष्टिगत आर्थिक परिसूचकहरु सकारात्मक भए पनि गैरबजेटरी खर्च नियन्त्रण हुन नसकेको बताए ।
उनले संघीयता कार्यान्यवयननसँगै सरकारी खर्चको मात्रा बढे पनि त्यसअनुरुप राजश्व बढ्न नसकेको बताए । ब्यापार घाटा बढ्दै जानु, रेमिट्यान्सको आप्रवाह घट्दै जानु, पुनर्निर्माणको काम सुस्त हुनु लगायतका कारणले गर्दा अर्थतन्त्रमा समस्या आएको बताए । साथै राजश्व प्रणाली नतिजामुखी नहुनुले पनि चुनौती थपेको अर्थमन्त्रीले जारी गरेको श्वेतपत्रमा उल्लेख गरिएको छ ।