सीजी मोटोकर्पले ल्यायो एक्सएल–६ गाडी

होमल्याण्ड खबर

२०७६ भाद्र १२ गते, बिहीबार १२:०४ मा प्रकाशित

सीजी मोटोकर्पले नाडा अटो शोको दोस्रो दिन नयाँ गाडी सार्वजनिक गरेको छ। नाडा शोमा बिहीबार मोटोकर्पले ६ सिट क्षमताको एक्सएल–६ गाडी सार्वजनिक गरेको हो।

मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले यो गाडी नेपाली परिवारका लागि सुहाउदो भएको बताए। ‘पारिवारिक मूल्य र संस्कृति नेपाली जीवनको प्रमुख सारका रुपमा रहेको हुन्छ, यसै मूल्य एवं मान्यतालाई आत्मसाथ गर्दै हामीले एक्सएल–६ गाडी प्रस्तुत गरेका छौं’, उनले भने,‘आजका ग्राहकहरुले सबैभन्दा बढी खोज्ने स्टाइल र कम्फोर्ट नै हो, जुन यसमा रहेको छ।’

यसको भित्री रुप प्रभावशाली रहेको छ। स्टाइलमा कम्प्रोमाइज नगरी पर्याप्त भित्री स्पेस यसको प्रमुख विशेषता हो। उठाइएको हुड र अद्वितीय ग्रीलको साथ बोल्ड क्रश बार डिजाइन, हेड ल्याम्पहरुले यो बास्तवमै दृढ देखिएको छ । कालो अलोइ ह्वील, लगायतका थुप्रै विशेषताहरुले गाडी आफैमा आकर्षक बन्न पुगेको छ।

एक्सएल–६मा पर्याप्त भित्री स्पेस रहेको छ जसले गर्दा सहजै एउटा परिवार यात्रा गर्न सक्नुहुनछ । यसका भित्री एस्सोसरिजहरु पनि आकर्षक एवं विशेषतायुक्त रहेका छन्। यसमा भएका थुप्रै विशेषताहरुको साथ आकर्षक, बोल्ड, प्रभावशाली डिजाइन, दोस्रो तहमा सुरक्षित एवं आरामदायी क्याप्टेन सिट रहेका छन्।

भ्यान्टीलेटेड कप होल्डर्स, ओभरहेड कन्सोल, हरेक लाइनमा एक्सोसरिज सकेट, लगायत थुप्रै विशेषताहरुले सुरक्षा एवं सहजताको तहलाई अझै माथि पुर्‍याएको छ।