९ बैशाख २०८२, मंगलवार
एन आई सी एशिया बैंकले दशैं तथा तिहारको अवसरलाई मध्यनजर गर्दै अब हरेक पटक विदेशस्थित वर्ल्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रकम प्राप्त गर्ने व्यक्तिलाई सय रुपैयाँको मोबाइल रिचार्ज तथा बैंकको खातामा रकम पठाउँदा बैंकको तर्फबाट खातामा ३७५ बोनस क्रेडिट गर्ने योजना ल्याएको छ ।
उक्त विप्रेषण रकम बैंकका शाखा कार्यालयहरु, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बैंकले जनाएको छ । यो योजना अंग्रेजी महिनाको सेप्टेम्बर १, २०१९ देखि अक्टोबर ३१, २०१९ सम्म दुई महिनाको लागि लागू हुनेछ ।