मुक्तिनाथ विकास बैंकको सल्यानमा तीनवटा शाखा विस्तार

होमल्याण्ड खबर

२०७४ चैत्र १८ गते, आईतवार ०८:२२ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको सल्यानमा तीनवटा शाखा बिस्तार गरेको छ । सल्यानको थारमारे, लुहाम र श्रीनगरमा नयाँ शाखाबाट कारोबार सुरु गरेको बैंकले जनाएको छ । बैंकको लुहाम शाखाको उद्घाटन त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादूर डाँगीले गरे । यसैगरी थारमारे शाखाको उद्घाटन बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले गरेका थिए । श्रीनगर शाखाको उद्घाटन शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले गरेको बैंकले बताएको छ ।
बैंकका अनुसार प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल तीनवटै शाखाको उद्घाटनमा सहभागी भएका थिए । एउटै जिल्लामा तीनवटा शाखा हुने मुक्तिनाथ विकास बैंक एकमात्र भएको बैंकले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ।