१४ मंसिर २०८१, शुक्रबार
डिशहोमको ‘फन्ड ट्रान्सफरबाट रिचार्ज गरि खुसी वर्षभरि’ योजना सार्वजनिक भएको छ । ३ महिना, ६ महिना र वार्षिक रिचार्ज गर्दा भारी छुटसहितको विभिन्न प्याकेजहरु सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
अनलाईनमार्फत् सजिलै ग्राहकको सेटटप बक्स रिचार्ज गर्न मिल्ने फण्ड ट्रान्सफर सेवामार्फत् ३ महिना, ६ महिना र १२ महिनाको लागि रिचार्ज गर्न सकिन्छ एकमुष्ठ रिचार्ज गर्दा ग्राहकहरुलाई महिनैपिच्छे रिचार्ज कार्ड किनेर रिचार्ज गर्नुपर्ने झन्झटबाट मुक्ति मिल्छ भने वार्षिक रिचार्ज गर्दा भारी छुट पनि प्राप्त गर्न सकिन्छ । फण्ड ट्रान्सफर सेवा डिशहोमको नेपालभर रहेका आधिकारीक विक्रेता, डिलर र सबडिलरकोमा उपलव्ध छ ।