सिटी एक्सप्रेस मनी ट्रान्सफर र अमेरिकाको रेमिट्लीबीच सम्झौता

होमल्याण्ड खबर

२०७६ भाद्र २६ गते, बिहीबार १५:५४ मा प्रकाशित

अमेरिकाको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी रेमिट्ली र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच सम्झौता भएको छ । अमेरिका, युरोप, क्यानडामा रहने नेपालीहरुले अब रेमिट्लीको मोबाइल एप्लिकेशन डाउनलोड गरी सजिलै आफ्ना आफन्तलाई मोबाइलबाट पैसा पठाउन र नेपालमा सिटी एक्सप्रेससँग आबद्घ ७ हजारभन्दा बढी एजेन्टबाट भुक्तानी लिन सकिने सिटी एक्सप्रेसले जनाएको छ । रेमिट्यान्स रकम बैंकको खातामा पनि जम्मा गर्न सकिने छ ।

उक्त  सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रेमिट्लीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याथ्यू अप्पनहाईम्रले हस्ताक्षर गरे ।