आशा लघुवित्तले १ः१ हकप्रद सेयर जारी गर्ने

होमल्याण्ड खबर

२०७४ चैत्र १९ गते, सोमबार ०६:१८ मा प्रकाशित

आशा लघुवित्तले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । साधारण सभामा १ः१ हकप्रद सेयर जारी गर्ने निर्णय गरिएको छ ।
लघुवित्तको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । हकप्रद सेयर निष्कासन पछि लघुवित्तको चुक्ता पुँजी २० करोड रुपैयाँ पुग्नेछ । लुघुवित्तले १ अर्ब १ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने बचत १८ करोड २ लाख ९५ हजार रुपैयाँ छ ।
हाल आशा लघुवित्तले २३ जिल्लाका ३६ वटा शाखाबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।