९ मंसिर २०८१, आईतवार
चीनबाट सबैभन्दा बढी नेपाल आयात गरिने सामानमा मोबाइल सेट र टेलिकम्युनिकेसन सम्बन्धी सामग्री भएको पाइएको छ । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले नेपालको राष्ट्र बैंकलाई उद्धृत गर्दै जनाएअनुसार मोबाइल सेट र टेलिकम्युनिकेसन सम्बन्धी इक्विपमेन्ट आर्थिक वर्ष २०१८–१९मा सबैभन्दा बढी चीनबाट नेपाल भित्रिएका छन् ।
त्यसपछि चीनबाट ल्याइने अन्य सामानमा तयारी पोशाक, विद्युतीय सामग्री, मेशिन एवं त्यसका पार्टसहरु र टेलिभिजन एवं टेलिभिजन पार्टस नेपालमा बढी आइरहेका छन् । नेपालले गएको आर्थिक वर्षमा चीनबाट २०० मिलियन अमेरिकी डलर बराबरको मोबाइल सेट र टेलिकम्युनिकेसन इक्विपमेन्ट ल्याएको छ । यसैगरी तयारी पोशाक १८४ मिलियन डलरको नेपाल आएको छ ।