६५ वर्षमाथिका नागरिकलाई श्री एयरलाइन्समा छुट

होमल्याण्ड खबर

२०७६ आश्विन ६ गते, सोमबार १२:५२ मा प्रकाशित

श्री एयरलाइन्सले हवाई भाडामा ८५ वर्ष उमेर पुगेकालाई ५ सय रुपैयाँ र ७५ वर्ष पुगेकालाई ५० प्रतिशत छुट दिने भएको छ । एयरलाइन्सले विज्ञप्ति जारी गरेर यो जानकारी दिएको छ । यो छुटका  लागि प्रमाण पुग्ने कागजात भने देखाउनु पर्नेहुन् छ ।

श्रीले उक्त निर्णय दसैंको घटस्थापनाको दिनबाट लागू गर्ने जनाएको छ । हालैमात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ७५ वर्ष पुगेका नागरिकलाई ५० प्रतिशत छुट दिन निजी एयरलाइन्सलाई आग्रह गरेका थिए ।