सरकारले सञ्चालन गर्यो सुति कपडाको सहुलियत पसल

होमल्याण्ड खबर

२०७६ आश्विन ८ गते, बुधबार १५:३९ मा प्रकाशित

केन्द्रीय कारागार कारखानाद्वारा सुति कपडाको सहुलियत पसल सञ्चालनमा ल्याइएको छ । कारागारमा रहेका कैदीले बुनेका कपडाहरू पसलमा राखिएको कारागार प्रमुख रामहरि ढुङ्गेलले जानकारी दिए । उनका अनुसार १० वर्षभन्दा बढी समयसम्म कैद भएर बसेका कैदीले कपडा बुन्ने काम गर्दै आएका छन् । उनीहरूलाई काम गरेका आधारमा ज्याला दिइने गरेको छ ।

कारागारमा पुजिँ परिचालन कोष सञ्चालन गरिएको छ । सोही कोषमा कपडा बेचेको पैसा जम्मा गरेर आवश्यक खर्च गरिदैँ आएको उनले जानकारी दिए ।

त्रिपुरेश्वर स्थित उद्योग विभागको परिसरमा रहको एउटा भवनमा सुति कपडाको सहुलियत पसल खोलिएको छ । भवन बन्नुभन्दा पहिले कारखानाबाट नै बिक्री वितरण गरिने गरेको उनले जानकारी दिए । बिहीबार उक्त पसलको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादबले गरेका छन् ।

यस्तो छ कारागारबाट तयार गरिने कपडा र मूल्य