९ मंसिर २०८१, आईतवार
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
आयल निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँका दरले मूल्यवृद्धि गरिएको जनाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर १०५, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८५ कायम भएको छ ।
निगमले पेट्रोलियम पदार्थमा अन्तर्रा्ष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै स्वचालित मूल्य प्रणाली अनुरुप मूल्य समायोजन गर्दै आएको छ ।