नेपाल र युएईबीच नयाँ हवाई सेवा सम्झौतामा हस्ताक्षर

होमल्याण्ड खबर

२०७६ आश्विन १२ गते, आईतवार १५:४८ मा प्रकाशित

नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको छ । शनिबार दुई देशबीच नयाँ हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको हो ।

क्यानडाको मन्ट्रियलमा जारी आईकाओको ४० औँ महासभाको क्रममा सम्झौतामा हस्ताक्षर भएको संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् ।

नेपाल र यूएईबीच सन् १९९९ मा पहिलो पटक हवाइ सम्झौता भएको थियो । नयाँ सम्झौता उनुसार दुवै देशले हप्तामा ७०/७० उडान गर्न पाउने छन् ।

मन्त्री भट्टराईले नयाँ हवाई सेवा सम्झौताले बिगतमा भएका समझदारीलाई अनुमोदन गर्दै थप बलियो बनाएको दावी गरेका छन् ।

उनले सम्झौता पत्रको तयारीमा लागेका दुबै देशका सम्बद्ध अधिकारीहरुलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।