२८ फाल्गुन २०८२, बिहीबार
आज पनि सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार बजारमा सुन २ सय र चाँदी ५ रुपैयाँले घटेको हो ।
छापावाला सुन आज प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।