सिटिजन्सद्वारा काठमाडौँमा दुईवटा शाखा विस्तार 

होमल्याण्ड खबर

२०७६ आश्विन १५ गते, बुधबार १७:०० मा प्रकाशित

सिटिजन्स बैंकले एकै दिन काठमाडौंमा दुई शाखा विस्तार गरेको छ । बैंकले क्रमश, ८३ औं शाखा काठमाडौँ स्थित लामबगर र ८४ औं शाखा काठमाडौँकै सिनामंगल संचालनमा ल्याएको हो ।

यी शाखाहरूमार्फत् ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।