९ मंसिर २०८१, आईतवार
ज्योति विकास बैंकले बुधबार काठमाडौंको महाराजगन्जमा वृक्षरोपण गरेको छ। काठमाडौं महानगरपालिका र वडा नं ३ महाराजगन्जसँगको सहकार्यमा ज्योति विकास बैंकले महाराजगन्जदेखि न्युरो अस्पतालसम्म ४० वटा वृक्षरोपण गरेको छ।
कार्यक्रममा ज्योति विकास बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र वडा नं ३ महाराजगन्जका वडाध्यक्ष दिपक केसीले संयुक्त रुपमा वृक्ष रोपेका थिए । काठमाडौं महानगरपालिकाको हरियाली प्रवर्द्धन नीतिअनुरुपको सो कार्यक्रममा ज्योति विकास बैंक अन्तर्गतको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत बैंकले ४० वटा वृक्षरोपणको लागि सहयोग गरेको छ।