नबिलको तीन महिने नगद फिर्ता योजना

होमल्याण्ड खबर

२०७४ चैत्र २१ गते, बुधबार ०९:२१ मा प्रकाशित

नबिल बैंकले आफ्ना भिसाकार्ड वाहक ग्राहकहरुलाई लक्षित गरेर आजदेखि कार्डबाट कार क्यास ब्याक नामक योजना ल्याएको छ ।
यो योजनालाई तत्काल नगद फिर्ता योजना र बम्पर उपहार गरी दुई भागमा बाडिएको छ । नगद फिर्ता योजना अन्तर्गत कुनैपनि नबिल बैंकका भिसाकार्ड वाहक (डेविट÷क्रेडिट÷प्रिपेड) ग्राहकहरुले नेपाल भित्रका पिओएस र इकमर्स साइटबाट एउटै कार्डबाट प्रत्येक ३ पटक कारोबार गरे पछि १०० रुपैयाँ नगदै फिर्ता पाउँनेछन । नगद फिर्ता योजनाको लागि योग्य हुन प्रत्येक कारोवार रकम कम्तीमा ५०० भन्दा बढीको हुुनु पर्नेछ । यस्तै बम्पर उपहार अन्र्तगत योजनाको अन्त्यमा, योजना अवधिभर सबैभन्दा धेरै पटक कारोबार गर्ने एक जना ग्राहकलाई बम्पर उपहार स्वरुप हुण्डाइ ग्राण्ड आइटेन कार प्रदान गरिने बैंकले जनाएको छ । यो योजना आजबाट शुरु भइ तीन महिना सम्म आषाढ १९ गते) रहनेछ ।