नविलका नयाँ ३ शाखा

होमल्याण्ड खबर

२०७४ चैत्र २१ गते, बुधबार ०९:३२ मा प्रकाशित

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बैंक तथा वित्तिय संस्थाले धमाधम शाखा स्थापना गरेका छन् ।
सोमवार नविल बैंकले सुर्खेतमा शाखा स्थापना गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र बैंक संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले शाखाको उद्घाटन गरेका छन् ।
सोहि दिन नविल बैंकले सुर्खेतसहित कैलालीको टिकापुर र दाङको लमहीमा पनि शाखा स्थापना गरेको छ । बैंकको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले बैंकको आगमन संगै कर्णाली प्रदेशमा वित्तीय कारोबार बढ्ने अपेक्षा गरेको बताए । उनले बैंकले दिने सेवा सुविधाबाट प्रदेशको विकासमा महत्वपूर्ण योगदान पुग्ने भन्दै बैंकलाई साझेदार संस्थाको रुपमा लिने उल्लेख गरेका छन् ।
बैंक संचालन समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले समाजमा छरिएर रहेका समुदायलाई बैंकिङ आवश्यकता पूरा गर्नु बैंकको उद्देश्य रहेको बताए । उनले उद्यमशीलता, रोजगारी सिर्जनामा पनि टेवा पु¥याउने उल्लेख गरे ।