बुद्ध एयरको काठमाडौं–सुर्खेत उडान नयाँ वर्षदेखि

होमल्याण्ड खबर

२०७४ चैत्र २१ गते, बुधबार १०:११ मा प्रकाशित

बुद्ध एयरको ४७ सिट क्षमताको ८० आर ४२ को जहाजले सुर्खेत–काठमाडौँ सिधा हवाई उडान सेवाको परीक्षण सम्पन्न गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका कार्यालयले जानकारी दिएको छ ।
“जहाजले परीक्षण पूरा गरेको छ, त्यसको प्रतिवेदन आउन भने बाँकी छ, तर पनि अब सुर्खेत–काठमाडौँ सिधा हवाई सेवा शुरु हुन्छ”, कार्यालय प्रमुखले भने ।
नागरिक उड्डयन कार्यालय सुर्खेतका अनुसार एनएआइएन कल साइनको जहाज बिहान ९ः४५ बजे धावन मार्गमा अवतरण गरेको र ११ः०० बजे सुर्खेतबाट काठमाडौंकालागि उडान भरेको थियो । उनका अनुसार सम्भवतः आगामी वैशाख १ गतेदेखि बुद्ध एयरको सुर्खेत–काठमाडौँ नियमित उडान शुरु हुनेछ ।