एभरेष्ट बैंकका ग्राहकलाई ट्र्यान्क्विलिटी स्पामा ३० प्रतिशत छुट

होमल्याण्ड खबर

२०७६ कार्तिक २६ गते, मंगलवार १६:४० मा प्रकाशित

एभरेष्ट बैंकले ट्र्यान्क्विलिटी स्पासँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । नेपाल तथा विदेशका विभिन्न सहर र लक्जरी होटलमा थुप्रै आउटलेट रहेको ट्र्यान्क्विलिटी स्पाले स्पा तथा वेलनेस इन्डिस्ट्रिमा नेतृत्व गरिरहेको छ ।
बैंक र स्पाबीच हस्ताक्षर भएको सम्झौतापत्रअनुसार ग्राहकहरुले कुल बिलमा ३० प्रतिशत छुट पाउनेछन् । जसअनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटीएम कार्ड वा क्रेडिट कार्ड स्वाइप गरेर उपलब्ध अफरको लाभ लिन सक्नेछन् ।