एनआईसी एशियाको नयाँ शाखा चितवनको गीतानगरमा

होमल्याण्ड खबर

२०७४ चैत्र २७ गते, मंगलवार ०७:३४ मा प्रकाशित

एनआईसी एशिया बैंकले चितवनको गीतानगर चोकमा शाखा विस्तार गरेको छ । सोमबार एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल र बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले शाखाको संयुक्त उद्घाटन गरेका छन् ।
मेयर दाहालले एनआईसी एशिया बैंकले अवलम्बन गरेको शाखा सञ्जाल विस्तार रणनीति एक अग्रगामी कदम भएको भन्दै यस्ता रणनीतिले देशको आर्थिक विकासमा टेवा पुग्ने बताइन । बैंकले १९२ शाखा, १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ माफत् बैकिङ सेवा प्रदान गरिरहेको छ ।