समिट एयरले फेरी थप्यो चौँथो जहाज, यस्तो छ विशेषता

होमल्याण्ड खबर

२०७६ मंसिर ५ गते, बिहीबार १६:४५ मा प्रकाशित

आन्तरिक हवाई सेवा प्रदायक कम्पनी समिट एयरले १८ सिट क्षमता भएको अर्को जहाज काठमाडौँमा भित्र्याएको छ। चेक गणतन्त्रको जहाज निर्माता कम्पनी एलइटी (लेट) ले ‘एल ४१० युभिपी–ई२०’ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

एयरलाइन्सको यो चौथो जहाज हो । यो जहाजमा दुईवटा इन्जिन रहेको छ । मुलुकका दुर्गम क्षेत्र र पर्यटकिय क्षेत्रमा हवाई सेवा दिँदै आएको समिटले यसअघि नै उक्त सिरिजका विमान उडाइरहेको छ। सानो धावनमार्ग भएका दुर्गमका विमानस्थलमा उडान सहज हुने छ। एयर कन्डिशनयुक्त या विमानले मुख्यगरी लुक्ला, डोल्पा तथा विभिन्न क्षेत्रमा केन्द्रित गरी उडान गर्ने एयरलाइन्सले जनाएको छ ।