भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार मेला’, २० हजारले गरे भ्रमण

होमल्याण्ड खबर

२०७६ मंसिर ९ गते, सोमबार १७:०२ मा प्रकाशित

राजधानीको भृकुटीमण्डपमा जुत्ता चप्पल मेला २०७६ आयोजना भईरहेको छ । नेपाली जुत्ताघरको आयोजनामा उक्त मेला मंसिरको ६ गतेबाट संचालन भएको हो ।

यो मेला १० दिनसम्म अर्थात् १६ गतेसम्म चल्लेछ । मेलामा नेपालका चर्चित ब्राण्डहरु बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज, शुल्याड र ल्याण्डवाक सुजका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा जाडोको सिजनलाई लक्षित गरेर जुत्ताचप्पल राखिएको आयोजकको भनाइ छ । मेलामा ७० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध हुने रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । उपभोक्ताले जुत्ताचप्पल किन्दा ब्राण्ड हेरेर किन्न समेत प्रबन्ध निर्देशक न्यौपानेले आग्रह गरे । मेलामा एक सय ५० रुपियाँदेखिका चप्पल र ५ सय रुपियाँदेखिका जुत्ताहरु उपलब्ध छन् ।