९ मंसिर २०८१, आईतवार
लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा कपिलवस्तुको गोरुसिङे र पकडिमा ११८औं र ११९औं शाखा संचालनमा ल्याएको छ । बैंकले ग्राहकको आवश्यक्तालाई ध्यानमा राखेर उक्त शाखा संचालनमा ल्याएको हो ।
यी शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । यी नयाँ शाखाका साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११९ शाखा पुगेको छ ।