नेपालमा थाइ–लायन एयरले पायो उडान अनुमति

होमल्याण्ड खबर

२०७५ बैशाख २ गते, आईतवार ०७:२० मा प्रकाशित

थाइल्यान्डको थाइ–लायन एयरले नेपालमा उडान अनुमति पाएको छ । जेठ २ गतेबाट थाइ–लायनले काठमाडौं उडान गर्ने तय गरेको छ ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातामा ७ पटक उडान गर्ने गरी उडान अनुमति जारी गरेको हो । कम्पनीलाई हप्ताको ३ पटक नियमित र ४ पटक अस्थायी किसिमको उडान भर्न पाउने गरी अनुमतिपत्र दिइएको मन्त्रालयले जनाएको छ । यो एयरलाइन्सले बैंककस्थित दन मुयाङ इन्टरनेसनल एयरपोर्टबाट उडान भर्नेछ । यो कम्पनीको प्रवेशसँगै थाइल्याण्डबाट नेपालमा सीधा उडान गर्ने कम्पनी दुई पुगेका छन् । अहिले थाइ एयरवेजले यस्तो सेवा दिइरहेको छ ।
थाइलायन आएपनि नेपालबाट विदेशमा उडानमा भर्ने कम्पनी ३० पुगेको छ । लायन एयरलाइनको भगिनी थाइ–लायन एयरलाइन्स २२ वटा गन्तव्यमा उडान भर्छ । थाइलायनले नेपालमा बोइङ ७३७(८०० जहाजबाट उडान भर्नेछ ।