एनआईसी एशिया र फुडमान्डुबीच डिजिटल भुक्तानी तथा छुटसम्बन्धी सम्झौता

होमल्याण्ड खबर

२०७६ मंसिर २९ गते, आईतवार १५:३४ मा प्रकाशित

एनआईसी एशिया बैंक लिमिटेड र फुडमान्डु प्रालीबीच एनआईसी एसिया बैंकले उपलब्ध गराएको विभिन्‍न डिजिटल प्रविधिमार्फत भुक्तानी संकलन गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार कुनै पनि बैंकका ग्राहक महानुभावहरुले फुडमान्डुबाट आफूले इच्छाईएको खानेकुरा अर्डर गर्दा कार्ड तथा मोबाइल बैकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सक्‍नेछन् ।

यस सम्झौतासँगै सीमित अवधिका लागि एन आई सी एशिया बैंक लगायत अन्य विभिन्न बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले फुडमान्डुबाट खानेकुरा अर्डर गरी क्यु आर कोडमार्फत् भुक्तानी गर्दा २५% वा अधिकतम् रु ४०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीज्यू र फुडमान्डुकातर्फबाट प्रमुख कार्यकारी अधिकृत निदान श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।