९ मंसिर २०८१, आईतवार
जनता बैंक बाँकेको कोहलपुरमा शाखा संचालनमा भएको छ ।
कोहलपुर नगरपालिका वडा नं. ११ मा बैंकले शाखा स्थापना गरेको हो । बाँके जिल्लामा बैंकको यो दोस्रो शाखा हो । यस शाखाबाट पनि अन्य शाखाहरुमा झै आधुनिक बैंकिङ सेवाका साथै रेमिटेन्स सेवा र ब्यांकासुरेन्स सेवा पनि लिन सकिने छ ।
कोहलपुर नगरपालिका क्षेत्रमाबासोवास गर्ने जनताहरुलाई सहज बैंकिङ सेवा पुर्याउने पहल स्वरुप स्थापना गरिएको यस शाखाबाट नेपालगंज शाखाका ग्राहकहरुका साथै पूर्व पश्चिम राजमार्गमा यात्रा गर्ने ग्राहकहरुले समेत थप सेवा प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ ।