ललितपुरको धापाखेलमा कैलाश विकास बैंकको नयाँ शाखा शुभारम्भ

होमल्याण्ड खबर

२०७६ पुष ११ गते, शुक्रबार १२:४६ मा प्रकाशित

कैलाश विकास बैंकले ललितपुरको धापाखेलमा आफ्नो १०१औँ शाखा स्थापना गरी पुस १० गते बिहीबार देखि कारोवार शुभारम्भ गरेको छ । शाखाको शुभारम्भ ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गरेका हुन् ।

यो नयाँ शाखा सहित बैंकको काठमाण्डौ उपत्यका भित्र २५ र उपत्यका बाहिर ७७ गरि जम्मा १०२ वटा शाखा पुगेका छन् । त्यसैगरी, बैकको एटिएम संख्या ४० पुगेको छ । राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी २ अर्व ५२ करोड रहेको छ । यस बैंकले हाल सम्म ३३ अर्व ६९ करोड निक्षेप संकलन गरी २८ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको जनाएको छ ।