सिटिजन्सद्वारा विद्यालयलाई आर्थिक सहयोग प्रदान

होमल्याण्ड खबर

२०७५ बैशाख ४ गते, मंगलवार १०:१८ मा प्रकाशित

योर पार्टनर फर प्रोग्रेस भन्ने नारालाई आत्मसाथ गर्दै बैंकिङ सेवा दिँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री जन उदय माध्यमिक विद्यालयलाई रू १,००,००० को आर्थिक सहयोग उपलब्ध गराएको छ ।
हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि काम गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैर्क निरन्तरतास्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । बैंकले आफ्नो एघाराँै बार्षिक उत्सवको उपलक्ष्यमा यस विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले रू एक लाखको चेक विद्यालय व्यव्स्थापन समितिका अध्यक्ष शिवगोपाल थापा मगर लाई हस्तान्तरण गरेका हुन् ।