ज्योति विकास बैंक र यूनियन लाइफ इन्स्योरेन्सबीच सम्झौता

होमल्याण्ड खबर

२०७५ बैशाख १० गते, सोमबार ०५:२१ मा प्रकाशित

ज्योति विकास बैंक र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीबिच बैंकासुरेन्स सम्झौता गरिएको छ । बैंक कामु प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्सका वरिष्ठ नायब महाप्रवन्धक कपिल कुमार ढकालले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सो सम्झौतासँगै बैंकका सम्पूर्ण शाखा कार्यालयहरु मार्फत इन्स्योरेन्सको जीवन बीमा योजना तथा बीमीतहरुले सेवा सुविधा लिन सक्नेछन् ।
बैंकले ५० वटा शाखा र १४ वटा एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।