९ मंसिर २०८१, आईतवार
ज्योति विकास बैंकले एकैदिन तीन नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले सोमबार एक कार्यक्रमको आयोजना गर्दै काठमाडौंको रातोपुल, नागार्जुन नगरपालिकाको सीतापाईला र ललितपुर महानगरपालिकाको झम्सीखेलमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको हो। ललितपुरको झम्सीखेल शाखाको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका छन् ।
उद्घाटनमा बोल्दै चिरीबाबु महर्जनले बैंकिङ क्षेत्र निकै संवेदनशील रहेको र राष्ट्र बैंकको नियम र अनुशासनमा रहनुपर्ने व्यवस्थाकोबीच यस क्षेत्र सशक्त रुपमा अघि बढेको कुरामा जोड दिएका छन् । साथै, उनले ज्योति विकास बैंकले पनि सोहि अनुरुपको अनुशासनमा रहि उत्कृष्ट सेवा पुर्याउनेमा आफू विश्वस्त रहेको बताएका छन् । त्यसैगरी, सीतापाईला शाखाको उद्घाटन बैंकका पूर्वअध्यक्ष तथा संस्थापक शेयरधनी ध्रुवकुमार उप्रेतीले गरेका छन् भने रातोपुल शाखाको उद्घाटन संचालक समितिका सदस्य जगदीश्वरप्रसाद अधिकारीले गरेका छन् ।
हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्ट र तथा ४३ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ। यस्तै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा बैंक रहेको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ ।