९ मंसिर २०८१, आईतवार
सानिमा बैंकको पोखरास्थित न्युरोड शाखाले हिमालय आँखा हस्पिटललाई पानी शुद्धीकरण गर्ने मेसिन प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले पोखरा महानगरपालिका १७, घारीपाटनमा रहेको अस्पताललाई सहयोग गरेको हो ।
अस्पतालमा दैनिक करिब ५ सय आँखासम्बन्धी बिरामी एवं अस्पतालका कर्मचारीलाई सहयोग हेतुले मेसिन प्रदान गरिएको बैंकले जनाएको छ । सहयोग सामग्री बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले अस्पतालका मेडिकल डाइरेक्टर डा. इन्द्रमान मर्हजनलाई हस्तान्तरण गरे ।