सांग्रिला डेभलपमेन्ट बैंकले दिने भयो ११.८० प्रतिशत लाभांस

होमल्याण्ड खबर

२०७५ बैशाख १२ गते, बुधबार ०६:२५ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकले सेयर धनीहरुलाई ११.८० प्रतिशत लाभांस वितरण गर्ने भएको छ । बैंकले २.५ प्रतिशत बोश सेयर तथा ९.३० प्रतिशत नगद लाभांस वितरण गर्ने लागेको हो ।
बैंकको बैंशाख १० गते बसेको संचालक समितिको २०३ औं बैठकले निर्णय पारित गरी अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ । सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात बार्षिक साधारण सभाबाट पारित गरि वितरण गरिने नायब प्रमुुख कार्यकारी अधिकृत दिनेश थकालीले जनाएका छन् ।
बैंकले चैत्र मसान्तसम्म १४ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलनगरी १४ अर्ब रुपैयाँ कर्जा प्रवाहगरी ३९ करोड ३९ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । बैंकको खराब कर्जा अनुपात ०.७० प्रतिशत छ ।