८ मंसिर २०८१, शनिबार
४७ लाख रुपैयाँ मूल्यको डुकाटी पानीगेल भि फोर बाइक नेपाली बजारमा उपलब्ध छ ।
डुकाटी वाइकको अधिकृत विक्रेता टर्वो मोटर्सले यो बाइकको बिक्री थालेको हा े। भारतमा नआउँदै नेपालमा बिक्री सुरु भएको कम्पनीले जनाएको छ ।मोटो जिपीमा प्रयोग गरिँदै आएको भि फोर सिलीन्डर इन्जिन जडान गरिएको बाइकमा छ वटा गियर छ।
११ सय सीसीको इटालियन वाइक युवा उद्यमी राजेशवीर तुलाधरले बिक्री शुभारम्भ गरेका छन् । उनी डुकाटी वाइक प्रयोगकर्ता समेत हुन् । १६ लिटर पेट्रोल यो वाइकमा ड्राइ वेट एक सय ७५ किलो छ । कर्भ वेट एक सय ९८ किलो छ। डबल सीट भएको बाइकको हाइट ५७.८ इन्च रहेको छ ।
वाइकमा दुई सय १४ हर्ष पावर र १३ हजार आरपिएम छ भने १२४.० एनएम (न्युटन मिटर) र एक हजार आरपिएमकोको टर्क छ। बाइकले गति लिइरहँदा गियर चेन्ज गर्दा क्लज थिच्न नपर्ने हुनाले हाइवेको जस्तोसुकै घुम्तीमा मोड्न सहज हुने कम्पनीले जनाएको छ ।