९ मंसिर २०८१, आईतवार
नेरुडे लघुवित्त वित्तीय संस्था र यूकेएड, सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमबीच इन्टरप्राइज डेभलपमेन्ट एण्ड डिजिटलाइजेसन अफ माईक्रोफाईनान्स सर्भिस कार्यक्रमको लागि सम्झौता गरिएको छ ।
नेरुडेका प्रबन्ध सञ्चालक मणिकुमार अज्र्याल र सक्षम परियोजनाका डेपूटि टिम लिडर निर्मल दाहालले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेरुडेको सुनसरी, झापा, इलाम, सर्लाही, रुपन्देही र अर्घाखाँची जिल्लामा रहेका १६ वटा कार्यालयहरुमार्फत उद्यम विकास कार्यक्रम वित्तीय साक्षरता कार्यक्रम र ट्यावलेट बैंकिङ्ग कार्यक्रम सञ्चालन गर्ने छ ।
३ वर्षको अवधिमा नेरुडेले ३४ सय ४२ ग्राहक सदस्यलाई उद्यमी बनाउने र २९ हजार १२० जनालाई वित्तीय साक्षरता सम्बन्धी ज्ञान दिनुपर्ने हुन्छ ।