आइएमई जनरल इन्स्योरेन्स र मेडिसिटी हस्पिटलबीच सेवा प्रदान सम्बन्धी सम्झौता

होमल्याण्ड खबर

२०७५ बैशाख १३ गते, बिहीबार ०५:२८ मा प्रकाशित

आइएमई जनरल इन्स्योरेन्स र मेडिसिटी हस्पिटलबीच नगद रहित सेवा प्रदान सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पश्चात इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमालेखको सीमासम्म हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त गर्ने छन् ।