चितवनमा ‘टीभीएस एनटर्क १२५ रेस एडिसन’ सार्वजनिक

होमल्याण्ड खबर

२०७६ माघ १३ गते, सोमबार १५:२४ मा प्रकाशित

नेपालका लागि टीभीएस बाइक तथा स्कूटरको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले शुक्रवार चितवनमा टीभीएस स्कूटर एनटर्क रेस एडिशन लन्च गरेको छ । टीभीएसको नारायणगढस्थित शोरूम मालाश्री मोटर्सले उक्त स्कूटर लन्च गरेको हो । स्कुटरको शुक्रबार एक कार्यक्रमका बीच चितवन उधोग बाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, जगदम्बा मोटर्स प्रालिका मार्केटिंग म्यानेजर नबराज कोइराला र मालाश्री मोटरस प्रालिका निर्देशक भीमसेन श्रेष्ठले संयुक्त रुपमा सार्वजनिक गरे। टीभीएस एनटर्क १२५, नेपालको स्पोर्टी ब्लुटुथ कनेक्टेड स्कुटर हो जुन प्रदर्शन, स्टाइल र प्रविधिका लागि परिचित छ। यो स्कुटर एक्सक्लुसिभ एप्लिकेसनसँग पेयर्ड गरिएको छ, टीभीएस कनेक्ट र रेस एडिसन प्रयोगकर्ताले स्पेशल रेस इन्सपायर्ड युजर इन्टरफेस एक्सेस गर्न सक्छन्। सन् २०१८, सेप्टेम्बरमा सार्वजनिक भएको टीभीएस एनटर्क १२५ ले आफ्नो लक्षित ग्राहक–जेन जेड बाट निकै राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीको दाबी छ।

मालाश्रीले आयोजना गरेको एक कार्यक्रमबीच कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले टेस्ट ड्राइभ गरी उक्त स्कूटर लन्च गरेका थिए । श्रेष्ठले चितवनको बाटो र माटो सुहाउँदो यो मोडलको स्कूटरले ग्राहकको मन जित्ने बताए । जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले स्कूटरमा एलईडी डीआरएल र एलईडी हेडल्याम्प सुविधा रहेको उल्लेख गरे । उनले सो स्कूटर तीन कलर अप्शनमा उपलब्ध रहेको बताउँदै बजारमूल्य रू. २ लाख ४६ हजार ९०० तोकिएको जानकारी दिए । यसमा १२४ दशमलव ७ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन रहेको छ । यसले ९ दशमलव ५ पीएस तथा १० दशमलव ५ एनएम टर्क जेनेरेट गर्ने बताइएको छ । मालाश्री मोटर्सका सञ्चालक भीमसेन श्रेष्ठले लन्च गर्नुपूर्व नै आधा दर्जन स्कूटर बुकिङ भइसकेको जानकारी दिए ।