सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

होमल्याण्ड खबर

२०७६ माघ १७ गते, शुक्रबार १२:०० मा प्रकाशित

आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य चाहिँ बढेको छ ।

बिहीबार ७६ हजार ३ सयमा कारोबार भएको छापावाला सुन शुक्रबार ३ सयले घटेर ७६ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमा कारोबार भइरहेको छ ।

चाँदी चाहिँ आज १० रुपैयाँले बढेर प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।