माछापुच्छ्रे बैंक र अमेरिकाको वाल स्ट्रिट फाइनान्स एलएलसिबीच रेमिट्यान्स सम्झौता

होमल्याण्ड खबर

२०७५ बैशाख १४ गते, शुक्रबार ०४:५५ मा प्रकाशित

माछापुच्छ्रे बैंक लिमिटेड र अमेरिकाको न्यू योर्क स्थित वाल स्ट्रिट फाइनान्स एलएलसिबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंककातर्फबाट कायम मुकायम नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र वाल स्ट्रिट फाइनान्स एलएलसिका तर्फबाट डाइरेक्टर अफ कम्प्लाइन्स कालिआना लक्ष्मानानले हस्ताक्षर गरेका छन् ।
यो सम्झौतासंगै अमेरिका बस्ने नेपालीहरुले छिटो, छरिटो र सुलभ तरिकाले पैसा पठाउन सक्ने र अमेरिकाबाट वाल स्ट्रिट फाइनान्स मार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै शाखाहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।