९ मंसिर २०८१, आईतवार
महालक्ष्मी बिकास बैंकले बझाङ्ग जिल्लाको चैनपुर र बाजुरा जिल्लाको मार्तडीमा शाखा विस्तार गरेको छ ।
बैंकको चैनपुर शाखाको उद्घाटन जयपृथ्वी नगरपालिकाका नगर प्रमुख विरेन्द« बहादुर खड्काले र मार्तडी शाखाको उद्घाटन बडिमालीका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले गरेका छन् । शाखा उद्घाटनको अवसरमा बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानले समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गरेका थिए ।
उनले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ठ सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाईरहने प्रतिवद्धता गरेका छन् ।